काठमाडौं। सेयर बजार साताको चौथो कारोबार दिन आज भारी अंकले गिरावट आएको छ। नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा भरेको छ। आज सेन्सेटिभ इण्डेक्स ३.२३ प्रतिशतले घटेर ४८८.७१ विन्दुमा पुगेको छ।

आज ३२० स्क्रिप्सको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ रुपैयाँमा खरिदबिक्री भयो।

उच्च अंकले गिरावट आएको सेयर बजारमा पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३० अर्ब ५२ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

आज सबै समूहको उपसूचक राताम्मे देखिएका छन्। फाइनान्स समूहको उपसूचक सर्वाधिक ५.१५ प्रतिशतले घट्यो। कारोबारमा आएका स्टक्समध्ये ३१ वटाको मूल्य बढ्दा २१३ वटाको घट्यो।

Share.

Comments are closed.

Exit mobile version