काठमाडौँ- झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार अनुसन्धानका लागि पक्राउ परेकाहरुमा धादिङ नेत्रावती गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१० मनमैजु बस्ने ३१ वर्षीय मदनबहादुर तामाङ र धादिङ खनियाबास गाउँपालिका–५ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल पनि पक्राउ परेका छन्।छन्।

यस्तै चीनको तिब्बतस्थित हिन्दे घर भई हाल काठमाडौँ महानगरपालिका–६ महाङ्काल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दी शेर्पालाई पक्राउ गरिएको हो।

जुवासम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा पक्राउ परेका चीनको स्वशासित क्षेत्र तिब्बतका सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङ, ना.प्र.न. २६-०१-८१-०३२१७ को नागरिकता प्रमाणपत्र बरामद भएको थियो।

उक्त नागरिकतामाथि अनुसन्धान गर्दै जाँदा उक्त नागरिकता छिरिङ ढुन्डुपले नगद रु ४ लाखमा बनाइदिएको खुल्न आएको छ।

पछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अभियुक्त छिरिङ ढुन्डुपसहित ४ जनालाई पक्राउ गरेको हो।

गैर नेपाली नागरिकले झुठो बिबरण पेश गरी नागरिकता लिएको बिषयमा प्रतिकृया माग्दा धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले खबर साईट संग कुराकानी गर्दै यस बिषयमा प्रहरीले अनुसन्धान शुरु गरेकाले अनुसन्धानको प्रकृया पुरा भएपछि यथार्थ बाहिर आउने वताउनु भयो ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखी अनुसन्धान गरिरहेको वताएको छ ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version