तनहुँ – व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गीका बिरामीको सङ्ख्या बढेको छ । बिरामीको चाप बढ्दा जिल्ला अस्पताल दमौलीमा शय्याको अभाव भएको छ । अस्पतालको भुइँमा राखेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ ।

१५ शय्या क्षमताको जिल्ला अस्पतालमा दैनिक झन्डै चार सयको हाराहारीमा ज्वरोको लक्षणसहित बिरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । विशेष गरेर डेङ्गीका बिरामीको चाप उच्च रहेको उहाँको भनाइ छ ।

उपचारका लागि आएका बिरामीमध्ये साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा अहिलेसम्म दुई सय ९७ जनामा डेङ्गीको सङ्क्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले जानकारी दिनुभयो । दमौली अस्पतालमा तनहुँ, लमजुङ, गोरखालगायतका जिल्लाबाट बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version