काठमाडौं-हाल देशभर पश्चिमी वायुसँगै देशका पहाडी भूभागमा स्थानीय वायुकोसमेत आंशिक प्रभाव छ।

यतिबेला (सोमबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले काठमाडौँ उपत्यकाको आकाशमा पनि बादल लागेको छ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका एकदुई स्थानमा  दिउँसाे मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।

कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

Share.

Comments are closed.

Exit mobile version