धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङको आयोजना र नेपाल पेट्रोलियम पदार्थ एसोसिएसन नेपालको सहकार्यमा दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउन अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
गल्छी गाउँपालिका–४ मास्टरस्थित त्रिपल क्राउट रिसोर्टमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, जिल्ला प्रहरी कार्यालयका प्रमुख भेषराज रिजाल, राष्ट्रिय अनुसन्धान कार्यालय धादिङका प्रमुख हुमाकान्त पाण्डे, धादिङका पेट्रोल पम्प सञ्चालकसहित करिब २५ जना सहभागी भएका थिए।
आसन्न चाडपर्वका अवसरमा यात्रुहरूको आवतजावत र सवारी साधनको चाप बढ्ने भएकाले इन्धन आपूर्ति सहज र प्रभावकारी बनाउन सहकार्य गर्ने विषयमा छलफल गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।