साेलुखुम्बु – विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले खुम्बु क्षेत्र भरिभराउ भएको छ ।

लुक्ला विमानस्थलमा एकैदिन झन्डै दुई सय उडान भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार हिजो रामेछापको मन्थली र काठमाण्डौ बाट एक सय ९८ वटा उडान भएका हुन् ।

हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन् । हिजो एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन् । पर्यटक आगमनको याम शुरू भएकाले उडान सङ्ख्या अझै बढ्ने उहाँले बताउनुभयो ।

यद्यपि पर्यटक लिएर काठमाण्डौ र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् । लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या कम हुने गरेको तारा एअरलाइन्सका अमृत मगरले बताउनुभयो ।

पदयात्राको याम शुरू भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । अहिले आफूहरूलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ भएको उहाँको भनाइ छ । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version