काठमाडौँ । आज दशैंको सातौँ दिन अर्थात फुलपाती विभिन्न शक्तिपीठ, दशैंघर, कोत तथा घरहरुमा फूलपाती भित्र्याइँदै छ । आज नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।

घटस्थापनाको दिन दुर्गालाई आह्वान गरेर विधिपूर्वक पूजा गरेको स्थानमा उखु, अशोकको फुल, हलेदो, धानको बाला, बेलपत्र, केराको बोट, दारिम, जयन्ती लगायतका पालुवा–फुलपाती भित्र्याउने गरिन्छ ।

काठमाडौंमा हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याउने परम्परा छ । फुलपाती दुई थरिका जातिले भित्र्याउने चलन रहेको छ ।

गोरखाबाट धादिङको जीवनपुरसम्म गोरखा दरबारको दशैंघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने गरिएको छ ।

जमलबाट हनुमानढोकासम्म भने निजामती सेवाका उच्चपदस्थ अधिकारी, नेपाली सेनाको ब्यान्डबाजा, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चेबाजा र नाचगानका साथ फुलपाती भित्र्याउने गरिन्छ ।

पृथ्वीनारायण शाहले काठमाडौँमा विजय प्राप्त गरेको समयदेखि शुरु भएको फुलपाती भित्र्याउने परम्परा कायम छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version