काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताउनु भएको छ।
उहाँले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको दोहोर्याउनु भएको हो ।
जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसित कुरा गर्दै कांग्रेस सभापति देउवाले बीआरआई परियोजनामा छलफल जारी रहेको र छिट्टै एउटा निष्कर्षमा पुग्ने बताउनुभयो। देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने बताउनुभयो।
त्यस्तै सभापति देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि बताउनुभयो।





