काठमाडौँ । काठमाडौँ उपत्यकामा आज तापक्रम केही बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको छ।
हिजो उपत्यकाको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको थियो। तराईका केही क्षेत्रमा बिहान हुस्सु र कुहिरो लागे पनि दिउँसोपछि आकाश खुल्दै जाने महाशाखाले जनाएको छ।
देशभर अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तापक्रममा क्रमिक वृद्धि भएसँगै चिसोको असर हिजोको तुलनामा कम महसुस भएको छ। बिहान र बेलुकी भने चिसो रहने भए पनि दिउँसो न्यानोपन महसुस भइरहेको छ।





