काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत रूपमा चयन भएका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले थापालाई पार्टीको नयाँ सभापतिका रूपमा चयन गरेको हो।
विशेष महाधिवेशनले १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य चयन गरेको छ। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेल निर्वाचित भएका छन्।
त्यसैगरी सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, मुक्ता कुमारी यादव, प्रकाश रसाइली, डिला संग्रौला पन्त, बहादुर सिंह लामा, उदयशमशेर राणा, योगेन्द्र चौधरी र कर्ण बहादुर बूढा चयन भएका छन्।
विशेष महाधिवेशनमार्फत काँग्रेसले नयाँ नेतृत्व चयन गर्दै आगामी राजनीतिक यात्राको खाका तय गरेको पार्टी नेताहरूले बताएका छन्।





