Close Menu
    खबर साइट

    कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

    फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

    सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

    फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

    बुढीगण्डकी आयोजना बारे बाबुरामको टिप्पणी- प्रचण्डले तलवार चलाए, ओलीले पूरै घाँटी छिनाले !

    अमेरिकाले यसबर्ष एक हजार भारतीयलाई गर्यो डिपोर्ट

    आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी

    हत्या गरेको अभियोगमा सोलुखुम्बुमा एक जना पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
    • अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ
    • फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा
    • सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
    • फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम
    • बुढीगण्डकी आयोजना बारे बाबुरामको टिप्पणी- प्रचण्डले तलवार चलाए, ओलीले पूरै घाँटी छिनाले !
    • अमेरिकाले यसबर्ष एक हजार भारतीयलाई गर्यो डिपोर्ट
    • आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      रोयल च्यालेन्जर्स बैंगलुरु आइपिएलको फाइनलमा पुग्यो

      जेष्ठ १७, २०८२

      आजका लागि विदेशी मुद्राको विनिमयदर

      जेष्ठ १७, २०८२

      सरकारले ‘मेड इन नेपाल र मेक इन नेपाल’ कार्यक्रम सञ्चालन गर्ने

      जेष्ठ १६, २०८२

      भोलि ३ बजे अर्थमन्त्रीले संसदको संयुक्त बैठकमा बजेट पेश गर्ने

      जेष्ठ १५, २०८२

      कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

      जेष्ठ १८, २०८२

      सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

      जेष्ठ १८, २०८२

      हत्या गरेको अभियोगमा सोलुखुम्बुमा एक जना पक्राउ

      जेष्ठ १७, २०८२

      बंगलादेशी नागरिक अपहरण गर्ने ९ जना भारतीय गिरोह काठमाडौंबाट पक्राउ

      जेष्ठ १५, २०८२

      अमेरिकाले यसबर्ष एक हजार भारतीयलाई गर्यो डिपोर्ट

      जेष्ठ १७, २०८२

      हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

      जेष्ठ १७, २०८२

      अमेरिकाले विदेशी विद्यार्थीको भिसा अन्तर्वार्ता रोक्यो

      जेष्ठ १५, २०८२

      विश्वको सबैभन्दा शक्तिशाली रकेटको नवौं परीक्षण हुदै

      जेष्ठ १४, २०८२

      कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

      जेष्ठ १८, २०८२

      अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

      जेष्ठ १८, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

      जेष्ठ १८, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ २, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      ‘प्रेम कथा’ सिरियल दर्शकको मन जित्दै भाग २६ मा प्रवेश

      चैत्र १३, २०८१

      आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा देखा परे

      बैशाख १, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      २०८२ जेष्ठ १६ गते शुक्रबार: आजको राशिफल

      जेष्ठ १७, २०८२

      २०८२ जेष्ठ १५ गते बिहीबारको राशिफल

      जेष्ठ १६, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      पिपलटारमा प्रजनन स्वास्थ्य रुग्णता जाँच स्वास्थ्य शिविर

      जेष्ठ ५, २०८२

      हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

      बैशाख १९, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      करेन्ट, भोला, भोला पावर खैनी, जीत खैनीको बिक्रीमा रोक

      बैशाख २, २०८२

      २०८२ जेष्ठ १६ गते शुक्रबार: आजको राशिफल

      जेष्ठ १७, २०८२

      २०८२ जेष्ठ १५ गते बिहीबारको राशिफल

      जेष्ठ १६, २०८२

      आजको राशिफल बि.सं. २०८२ जेष्ठ १४ गते बुधबार

      जेष्ठ १५, २०८२

      आजको राशिफल: २०८२ जेष्ठ १३ गते मंगलवार

      जेष्ठ १४, २०८२

      फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

      जेष्ठ १८, २०८२

      अमेरिकाले यसबर्ष एक हजार भारतीयलाई गर्यो डिपोर्ट

      जेष्ठ १७, २०८२

      विश्वको सबैभन्दा शक्तिशाली रकेटको नवौं परीक्षण हुदै

      जेष्ठ १४, २०८२

      यस वर्षको मनसुनबाट २० लाख नागरिक प्रभावित हुने अनुमान

      जेष्ठ १३, २०८२

      नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

      जेष्ठ ६, २०८२

      राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

      बैशाख २७, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      गाजर खानुको १० फाइदा

      चैत्र २३, २०८१
    • सूचना र प्रविधि

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

      बैशाख १९, २०८२

      सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकलाई नेपालमा प्रतिबन्ध लगाइने

      बैशाख १२, २०८२

      अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनको तेस्रो अधिवेशन सम्पन्न

      फाल्गुन ११, २०८१

      अभिब्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम सरकारबाट हुदैँन्: प्रधानमन्त्री

      फाल्गुन ९, २०८१
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    Home » सिड्नीमा नेपथ्यको विशाल फड्को

    सिड्नीमा नेपथ्यको विशाल फड्को

    खबर साइट डट कमखबर साइट डट कमचैत्र १७, २०८१4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    सिड्नी – पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो।

    कन्सर्टका लागि तीन साता अगावै टिकट बिक्री भइसकेको थियो। शनिबार शो सुरु हुनुभन्दा निकै अघि हल खचाखच भइसकेको थियो। जब मञ्चमा कलाकार उपस्थित भए, चर्को आवाज र उफ्राइका साथ दर्शकले स्वागत गरे। उनीहरूका लागि नेपथ्यले पूर्वी नेपालको पदयात्रामा संकलित गीत ‘कोशीको पानी’ बाट प्रस्तुति थालनी गर्‍यो।

    शो दुई घण्टा चलिन्जेलसम्मै सिंगो हल नेपथ्यसँग नाचेको थियो। कुनाकाप्चामा समेत दर्शकका टाउकै टाउका देखिन्थे। भीड व्यवस्थापनमा जताततै सुरक्षाकर्मी खटिएका थिए। कुनै अप्रिय स्थिति ननिम्तियोस् भनेर उनीहरू हरदम चनाखो देखिन्थे।

    हलमा कोही सपरिवार थिए, कोही युवकयुवतीको जोडी। गीतैपिच्छे एक अधबैंसे महिला र एक जोडी युवकयुवती कुर्सीबाट उठेर एकले अर्कालाई समात्दै नृत्य गरिरहेका भेटिए।
    ‘आफू तन्नेरी छँदा नेपथ्यको कन्सर्ट असाध्यै मन पर्थ्यो,’ छोरा सुशान्त र बुहारी जस्मिनासँग नाच्दै गरेकी सरिता दाहाल भनिरहेकी थिइन्, ‘अहिले छोरा बुहारीसँग आउँदा पनि उस्तै रमाइलो लागिरहेको छ।’

    काठमाडौं कोटेश्वरकी सरिता छ महिनापहिले परिवार भेट्न सिड्नी आएकी रहिछन्। ‘नेपथ्यको शो झन्डै २८ वर्षपहिले काठमाडौंमै हेरेकी थिएँ,’ उनले भनिन्, ‘अहिले अस्ट्रेलिया आएको बेला पनि शो हुँदै छ र त्यसमा छोराबुहारी जाँदै छन् भन्ने थाहा पाएपछि म पनि साथ लागेँ।’

    आफ्नो समयमा देखेको नेपथ्य र अहिले छोराबुहारीको समयमा हेर्दै गरेको नेपथ्यका बीच धेरै अन्तर आइसकेको उनले बताइन्। ‘पहिलेका गीतहरू पनि अहिले सुन्न पाउँदा रमाइलो लागिरहेको छ,’ उनले भनिन्, ‘तर थुप्रै नयाँ गीत अनि प्रस्तुतिमा नवीनताले अहिलेका युवा पनि उत्तिकै रमाएको देखेँ।’

    ‘होर्डन पभिलियन’ हलमा नेपथ्य दोस्रो पटक प्रस्तुत भएको हो। त्यसभन्दा पहिले यहाँकै लुना पार्कमा नेपथ्यको कन्सर्ट आयोजना हुने गरेको थियो। छ वर्षअघि लुना पार्कमा कन्सर्ट आयोजना गर्दा सबै टिकट इन्टरनेटबाटै बिक्री भइदियो। त्यसपछि अझ फराकिलो हल होर्डन पभिलियनमा नेपथ्यले प्रस्तुति दिएको थियो। यसपाला यस हलमा शनिबारका लागि निर्धारित शोमा पनि पहिल्यै टिकट ‘सोल्ड आउट’ भएपछि शो थपिएको छ। यही हलमै नेपथ्यले आइतबार पनि प्रस्तुति दिनेछ।

    ‘सिड्नीमा लगातार भइरहेको दर्शकको वृद्धिले उत्साहित छौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसले आगामी दिनमा अझ आकर्षक योजना बनाउन हामीलाई उत्प्रेरित गरेको छ।’

    हरेकपटक एउटा नयाँ मानक उभ्याउने सिड्नीका नेपथ्यप्रेमी सधैँजस्तै शनिबार पनि आफू मात्र रमाएनन्, मञ्चमा प्रस्तुति दिइरहेका कलाकारहरूलाई पनि व्यापक ऊर्जा प्रदान गरिरहे। त्यस्तो गर्नेमा नेपाली अनुहार मात्र थिएनन्।

    त्यहाँ आमा जेसिन्टाका साथमा छोरी रुथ र छोराहरू म्याडी अनि ह्याट्रिकको टोली बेग्लै पाराले रमाइरहेका देखिन्थे। घुमफिरमा रमाउने जेसिन्टा तीनपटक नेपाल पुगेकी रहेछिन्। आफ्ना सन्तानलाई पनि एक–एकपटक नेपाल घुमाइसकेकी रहिछन्।

    ह्याट्रिक हाल क्यानबेरास्थित ‘नेसनल कन्भेन्सन सेन्टर’ मा काम गर्दा रहेछन्, जहाँ केही साताअघि नेपथ्यले प्रस्तुति दिएको थियो। त्यो कन्सर्टका बेला ह्याट्रिकले ‘फ्रन्ट अफ हाउस अडियो’ सम्हालेका थिए।

    ‘कामको सिलसिलामा नेपथ्यको शो हेरेपछि म असाध्यै प्रभावित भएँ,’ ह्याट्रिकले भने, ‘नेपाल भनेपछि हुरुक्क हुने मेरी आमालाई यो कन्सर्ट सिड्नीमा हुन लागेको सुनाएँ अनि तपाईंले छुटाउन हुँदैन पनि भनेँ।’

    छोराको कुरा सुनेपछि आफू यो शो हेर्न तारे सहरदेखि पाँच घण्टा गाडी हाँकेर सिड्नी आइपुगेको जेसिन्टाले बताइन्। ‘जीवनमा पहिलोपटक यसरी नेपाली शो हेर्न आइरहँदा छोराछोरीले पनि मलाई पछ्याए,’ उनले भनिन्, ‘असाध्यै रमाइलो लागिरहेको छ।’

    छोरी रुथले भने शोमा आउनुअघि स्पोटिफाईबाट नेपथ्यका केही गीत सुनेको जानकारी गराइन्।

    यो कन्सर्टका साथ नेपथ्यले अस्ट्रेलियाकै यस व्यापारिक राजधानीमा सातौंपटक सफलताका साथ आफूलाई उभ्याएको छ। अस्ट्रेलियाभरमै सबैभन्दा बढी नेपाली बसोबास गर्ने सिड्नीमा नेपथ्यले सन् २००९ मा पहिलोपटक प्रस्तुति दिएको थियो।

    ‘नेपालकै पनि सर्वाधिक प्रस्तुत भएको ठाउँको हाराहारीमा उभिने सिड्नी मेरो निम्ति घरजस्तै आत्मीय सहर भइसकेको छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘यो सहरबाट पाउने हौसलाले हामीमा हरेकपटक आत्मबल थप्ने गरेको छ।’

    कन्सर्टका बेला अमृतले आफ्ना सन्तानमा पनि नेपाली भाषाको विस्तार गर्न अनि नेपालमा पढ्न नपाएका केटाकेटीको शिक्षामा गच्छेअनुसार थोरै भए पनि योगदान गर्न दर्शकलाई अनुरोध गरेका थिए।

    कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकामा सिड्नीका स्थानीय आयोजक प्रदीप पाठकले सबैप्रति आभार प्रकट गरेका छन्। ‘सिड्नीको पहिलो कन्सर्ट भव्य रूपले सम्पन्न भयो,’ उनले थपे, ‘थोरै समयको तयारीमा घोषणा गरिए पनि आइतबार यसै हलमा आयोजित दोस्रो शोमा पनि उल्लेख्य दर्शक जुट्ने अपेक्षा राखेका छौं।’

    मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए। कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ।

    सिड्नीमा आइतबार प्रस्तुति दिएर ब्यान्ड भोलिपल्टै स्वदेश फर्कने कार्यक्रम छ।

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
    • अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ
    • फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा
    • सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleआजको राशिफल: २०८१ चैत १७ गते आईतवार
    Next Article कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट हेर्न नमिल्नेमा

    सम्बन्धित खबर

    कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

    फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

    सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

    फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

    बुढीगण्डकी आयोजना बारे बाबुरामको टिप्पणी- प्रचण्डले तलवार चलाए, ओलीले पूरै घाँटी छिनाले !

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

    फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

    सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

    फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नेत्तृत्व सर्वसम्मत चयन

    पोर्चुगलमा कन्सुलर सेवा दिन सुरु

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ../२०८१/०८२
    प्रेस काउन्सिल सूचीकरण नम्बर: ..../२०८१/०८२


    संचालक
    रोयल मल्टि मिडिया हाउस प्रा.लि.

    हाम्रो टिम>
    सल्लाहकार सम्पादक
    केशव अधिकारी

    कला सम्पादक
    कृष्णपक्ष थापा

    प्रवन्ध निर्देशक
    कुशल अधिकारी

    कार्यालय :
    अनामनगर,काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२०

    सम्पर्क कार्यालय :
    धादिङबेसी, धादिङ

    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ

    खबर साइट डट कम

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    खबर साइट डट कम

    आज गणतन्त्र दिवस

    खबर साइट डट कम

    विश्वको सबैभन्दा शक्तिशाली रकेटको नवौं परीक्षण हुदै

    खबर साइट डट कम

    साउदी अरेबियाले मदिरा नीति परिवर्तन गर्दै

    खबर साइट डट कम

    मकवानपुरको थाहामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

    खबर साइट डट कम

    नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

    खबर साइट डट कम

    चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com खबरहरुको साइट
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.