काठमाडौँ । काठमाडौँको सिभिल अस्पतालले बिभिन्न औषधि कम्पनीका मेडिकल प्रतिनिधि (एमआर) लाई अस्पताल प्रवेशमा रोक लगाएको छ ।
सिभिल अस्पतालले बुधबार एक सुचना प्रकाशित गर्दै एमआरहरुले अस्पतालमा ड्युटीमा रहेका चिकित्सकसँग भेटघाट गर्ने गर्दा उपचाररत् बिरामीहरुलाई असुबिधा पर्न गएको र अस्पताल जस्तो संवेदनशील स्थलको कार्य वातावरणमा समेत नकारात्मक असर परेको भन्दै एमआरलाई अस्पतालमा नआउन आग्रह गरको छ ।
अस्पतालले बिभिन्न औषधि कम्पनीका व्यापारिक प्रतिनिधिहरुले आफ्नो कम्पनीको व्यवसायिक प्रबर्द्धन सम्बन्धी कार्य नगर्नु नगराउन आग्रह गर्दै यस्ता कार्य भएको पाइएमा नियमानुसार कारवाही हुने जानकारी दिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
