काठमाण्डाै – हप्ताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशलमव ५३ अङ्कले घटेर दुई हजार पाँच सय ८३ दशमलव २९ विन्दुमा झरेको छ । अघिल्लो हप्ताको अन्तिम कारोवार दिन अर्थात् गएको बिहीवार पनि नेप्से ३१ अङ्कभन्दा धेरैले घटेको थियो ।
आज जलविद्युत् र उत्पादनबाहेक सबै उपसमूहको शेयर घटेकोमा विकास बैंक उपसमूह दुई प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै फाइनान्स, बीमा, व्यापार उपसमूहकाे शेयर उच्च अङ्कले घटेकाे छ ।
आज सप्तकोशी विकास बैंक र मायाखोला जलविद्युत् आयोजनाको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सपोर्ट लघुवित्त, बाराही जलविद्युत्, न्यादी जलविद्युत्, सुपरमादी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज कारोबार रकम पनि घटेको छ । बिहीवार चार अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका ९१ लाख ८० हजार कित्ता शेयर चार अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।