काठमाडौँ,पुस १४, २०८१ । आज (आइतबार) राति कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाउको छ।
महाशाखाका अनुसार राति कोसी र गण्डकी प्रदेशमा हिमाली क्षेत्रका एक÷दुई स्थानमा मात्र हिउँ पर्ने सम्भावना देखिएको हो।
यसबाहेक अन्य स्थान र प्रदेशमा आंशिक बदली (आकाशमा पातलो बादल) देखि मौसम मुख्यतया सफा (आकाश लगभग सफा) रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।





