काठमाडौँ । भारत र बंगलादेशबीचको ह्वाइट बल क्रिकेटको सिरिज स्थगित भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र बंगलादेश क्रिकेट बोर्डबीच अगस्ट २०२५ मा हुने भारत-बंगलादेश ह्वाइट बल क्रिकेट सिरिज स्थगित गर्न सहमत भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यस सिरिज अन्तर्गत भारत र बंगलादेश तीन एकदिवसीय र तीन टी-२० खेलको सिरिज खेल्ने तालिका रहेको थियो । अब यो सिरिज २०२६ को सेप्टेम्बरमा हुने बताइएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट तालिका र दुवै टोलीको प्रतिबद्धतालाई ध्यानमा राख्दै दुई बोर्डहरू बीचको छलफलपछि यो निर्णय गरिएको बताइएको छ





