काठमाडौँ । रुसका पूर्वमन्त्री शंकास्पद रुपमा मृत अवस्थामा भेटिएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बर्खास्त गरेको केही घण्टापछि रूसी पूर्व यातायातमन्त्री रोमन स्टारोभोइट मृत अवस्थामा भेटिएका हुन् । उनले आत्महत्या गरेको रुसी मिडियाले उल्लेख गरेका छन् ।
सोमबार बिहान पुटिनले स्टारोभोइटलाई बर्खास्त गरेका थिए । उनको बर्खास्तीको घोषणा गर्ने आदेश आधिकारिक क्रेमलिन वेबसाइटमा प्रकाशित भएको थियो, जसमा उनका उप-प्रधानमन्त्री एन्ड्रे निकितिनलाई कार्यवाहक मन्त्री नियुक्त गरिएको थियो ।
रूसको अनुसन्धान समितिले स्टारोभोइटको शव मस्कोको उपनगर ओडिन्ट्सोभोमा कार भित्र फेला परेको थियो । उनी बन्दुकको गोली लागेको अवस्थामा फेला परेको समितिले जनाएको छ । उनको मृत्युको परिस्थितिको अनुसन्धान भइरहेको तर मुख्य रुपमा आत्महत्या भएको भनिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




