काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लड्न आग्रह गरेका छन् ।
पार्टीको मंगलबार राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा राजनीतिमा फर्किन रोक्ने निर्णय गरेपछि थापाले यस्तो टिप्पणी गरेका हुन् ।
थापाले भण्डारीलाई राजनीतिमा फर्किने वातावरण बनाउनुपर्छ भन्ने धारणा राख्दै आएका थिए ।
उनले घृणा, अपमान र निशेधको अन्त्य र जबजका मुल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गर्न आग्रह गर्दै नयाँ शिराबाट स्वाभिमान र स्वतन्त्रताको लडाई लड्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्- घृणा, अपमान र निशेधको अन्त्य र जबजका मुल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गरौ । स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लडौ । हरेक विबेकशित एमाले कार्यकर्तासंग हार्दिक अपिल गर्दछु ।’
थापाले केन्द्रीय कमिटीको निर्णयमा असहमति जनाउदै नोट अफ डिसेन्ट लेखेका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
