काठमाडौँ । इन्टर मियामी लिग कपको क्वाटरफाइनलमा पुगेको छ ।
विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले पुमाज युएनएएमलाई ३-१ गोल अन्तरले पराजित गरेर लिग कपको क्वाटरफाइनलमा पुगेको हो ।
लियोनेल मेसी बिना खेलेको इन्टर मियामीको जितमा रोड्रीगो डी पाउल, लुइस स्वरेज र टाडेओ अल्लेन्डले एक एक गोल गरेका थिए । त्यस्तै पुमाज युएनएएमले जर्ज रुभालकाबाले एक गोल गरेका थिए ।
लिग कप मेजर लिग सकर र मेक्सिकन लिगा एमएक्सबीच खेल्ने गरिन्छ । दुवै लिगका ३६ क्लबले लिग कप खेल्ने गर्दछन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




