पोखरा । जेनजी आन्दोलनमा सहभागी युवाहरुले पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।
महानगर कार्यालय अघि खटिएका सुरक्षाकर्मीलाई हटाएर आन्दोलनकारीले कार्यालय कब्जा गर्दै आगजनी र तोडफोड गरेका हुन् । महानगरको कम्पाउण्डभित्र रहेका सवारी साधनलाई बाहिर ल्याएर आगजनी गरिएको छ भने सवारीसाधन तोडफोड गरिएको छ । अहिले महानगर क्षेत्र तनावपूर्ण बनेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
