जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री फिर्ता बोलाएको छ ।
शनिबार संसदीय दलको नेता महेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरु मधेश सरकारबाट फिर्ता बोलाएको जानकारी दिएका हुन् ।
उनले सरकारलाई दिएको सर्मथन पनि फिर्ता लिएको र मुख्यमन्त्री र मन्त्री फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको जनाएका छन् ।
गएको सोमबार जेनजी प्रदर्शन हुँदा मंगलबार मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जालबाट राजीनामा दिएपनि उनले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा भने दिएका थिएनन् ।
मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारमा एमाले, कांग्रेस र लोसपा सत्तासाझेदार छन् भने जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेसंस र नाउपा प्रतिपक्षमा रहेका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
