धादिङ ।जेन–जि आन्दोलनका क्रममा ज्यान गुमाएका हरु प्रति श्रद्धाञ्जली अर्पण गर्न सदरमुकाम धादिङबेसीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
धादिङ सदरमुकामस्थित क्याम्पस चोकमा आयोजित कार्यक्रममा गैर सरकारी संस्था (गैसस) महासंघ धादिङको अगुवाइमा नागरिक समाजका प्रतिनिधि, जिल्लामा क्रियाशील विभिन्न संघसंस्था तथा सर्वसाधारणकोसञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले मौन बसेर, दिप प्रज्वलन गरेर दिवंगतहरूको आत्माको शान्तिको कामना गरेका थिए। आयोजकहरूले भविष्यमा यस्तो दुर्भाग्य दोहोरिन नदिन राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिए।





