काठमाडौँ । नयाँ नेपाली फिल्म ‘लज्जावती’ को शुभमुहूर्त गरिएको छ । राज बहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्म लज्जावतीको घटस्थापनाको अवसरमा शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो ।
आहा फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा कलाकार मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्मा, माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरि खड्का लगायतका कलाकारको अभिनय रहनेछ ।
फिल्मको प्रदर्शन मिति बारे निर्माण पक्षले जानकारी दिएको छैन ।





