काठमाडौँ । पाकिस्तान एशिया कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सुपर फोर अन्तर्गतको खेलमा बंगलादेशलाई ११ रनले पराजित गरेसँगै पाकिस्तान फाइनलमा पुगेको हो ।
पाकिस्तानले दिएको १३६ रनको मध्यम लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन मात्र बनाए पछि पाकिस्तान ११ रनले विजयी भएको थियो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन बनाएको थियो ।
अब एशिया कपको फाइनलमा पाकिस्तानको भिडन्त भारतसँग हुने भएको छ । यस प्रतियोगितामा भारत र पाकिस्तान यसअघि दुई पटक भिडीसकेका छन् र दुवै खेल भारतले जितेको छ । फाइनल खेल आइतबार हुने छ । त्यसअघि सुपर फोर अन्तर्गतको अन्तिम खेल आज भारत र श्रीलंकाबीच हुने छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
