भक्तपुर । आफ्नै श्रीमती ३८ वर्षीया लाल माया तामाङको हत्या गरेको आरोपमा काभ्रे तेमाल गाउँपालिका–९ घर भएका ३७ वर्षीय लनाम तामाङलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ। उनी भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगोमना डेरा गरी बस्ने भएको बताइएको छ।
प्रहरीका अनुसार, वादविवादको क्रममा लनामले सिलौटो प्रहार गर्दा लाल माया तामाङको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अहिले अनुसन्धान जारी** राखिरहेको छ।





