काठमाडौं । लगातारको वर्षाका कारण पहिरो जाँदा डुम्रे–बेँसीशहर सडक अवरुद्ध भएको छ । आज बिहान सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ दलालमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यस स्थानमा पटकपटकको पहिरोले सडक अवरुद्ध बनाउँदै आएको छ । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।





