काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।
सभापति शेरबहादुर देउवाको आह्वानमा बोलाइएको बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने लगायत अन्य समसामयिक राजनीतिक परिस्थतिबारे बैठकमा छलफल हुनेछ ।
कांग्रेसले ओली नेतृत्वको सरकारमा जाने मन्त्रीहरूबारे छलफल गर्न बैठक बोलाएको हो ।





