काठमाण्डाै – सरकारले काभा महिला भलिबल लिगमा उपविजेता भएको नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले काभा महिला भलिबल लिगमा सहभागी १४ जना खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
यस्तै बैठकले टोलीका मुख्य प्रशिक्षकलाई दुई लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही एक लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।





