काठमाण्डौ । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । अर्याललाई पर्सि १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
मुख्यसचिवमा नियुक्त अर्याल अहिले गृह सचिव हुनुहुन्छ । उहाँ वरीयताक्रममा चौथो नम्बरमा हुनुहुन्थ्यो । अर्याल करिब १५ महिना मुख्य सचिव रहनुहुनेछ । अहिले मुख्य सचिव रहनुभएकी लीलादेवी गड्तौला उमेर हदका कारण आज अवकाश पाउँदै हुनुहुन्छ ।
नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल २०४६ माघदेखि नायव सुब्बाबाट सरकारी सेवामा प्रवेश गर्नुभएको हो । उहाँले यसअघि विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन र स्थानीय तहमा रहेर काम गरिसक्नुभएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।