काठमाडौं । अमेरिकाको टेक्ससको हस्टनमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई लुटपाटको क्रममा हत्या भएको सार्वजनिक भएको छ ।
नियतवश घातक हतियाले प्रहार गरिएको अदालती कागजातबाट खुलेको छ । पक्राउ परेका आरोपी ५१ बर्सका बब्बी सिंह साहको बयानको आधारमा यस्तो खुलासा भएको नेपयोर्कले उल्लेख गरेको छ ।
२६२ औ राज्य जिल्ला अदालतमा उनलाई हत्याको मुद्दा परेको छ । उनी पटके अपराधी भएको र पटक पटक जेल परेको खुलेको छ । अदालतको अर्को सुनुवाइ अगाडि सेप्टेम्बर ५ अर्थात् भदौ २० मा हुने भएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।