काठमाण्डाै – नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएकाे अन्तरिम आदेश सर्वाेच्च अदालतले खारेज गरेकाे छ ।
न्यायाधीशहरू विनोद शर्मा र शारंगा सुवेदीको इजलासले ३० वर्षे सेवा अवधिबाट अवकाशमा नपठाउन दिएको अन्तरिम आदेश आज खारेज गरेकाे हाे । याेसँगै नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि नै कायम हुने भएकाे छ ।





