काठमाडौं । अमेरिकाको मेरिल्यान्डमा एक नेपाली पुरुष मृत भेटिएका छन्।
न्युज अनलाइन नेपयोर्कका अनुसार, अपर मार्लबोरोस्थित आफ्नै कोठामा ४७ वर्षीय शान्तलाल प्रधान गत मंगलबार मृत भेटिएका हुन्।
उनी सन् २०१५ यता अमेरिका बस्दै आएको उक्त अनलाइनले उल्लेख गरेको छ। मृत्युको कारण भने खुलेको छैन।
उनी चितवन भरतपुरका भएको बताइएको छ।





