रूसले अमेरिकामा युरेनियम निर्यातमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धहरू अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थाहरूसँग विदेशी व्यापार सम्झौताअन्तर्गत लागू हुने रूसी सरकारले जनाएको छ । प्राविधिक र निर्यात नियन्त्रणको लागि संघीय सेवाले जारी गरेको इजाजतपत्रअन्तर्गत वितरण गर्न अनुमति दिइने छ ।
प्रतिबन्धले युरेनियमको लागि रूसमा निर्भर अमेरिकाको आणविक उर्जा आपूर्तिमा अभाव खडा गर्ने अनुमान् रहेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
अमेरिकी तथ्याङ्क अनुसार यस वर्ष रुसी युरेनियमको कुल खरिद पाँच सय ७४ मिलियन डलर पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा लगभग ३२ प्रतिशतले कम हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।