काठमाडौं । इङ्गल्यान्डविरुद्धको चौथो टी–२० खेलमा वेस्ट इन्डिजले ५ विकेटको जित निकालेको छ । इंग्ल्याण्डले दिएको २१९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १ ओभर बाँकी रहँदा ५ विकेटको क्षतिमा २२१ रन जोडेको हो।
वेस्ट इन्डिजको जितका लागि प्रारम्भिक जोडी एभिन लेविस र साइ होपले ९ ओभरमा १३६ रनको साझेदारी गर्नुभएको थियो । लेविसले ३१ बलमा ४ चौका र ७ छक्काको सहयोगमा ६८ रन प्रहार गर्नुभयो ।
त्यसपछिको बलमा अर्का प्रारम्भिक ब्याट्सम्यान साइ होप रन आउट हुनुभयो । उहाँले २४ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५४ रन जोड्नुभएको थियो ।
अहमदले लगत्तै अर्को बलमा निकोलास पूरणलाई पनि डक आउट गर्नुभएको थियो । १० औं ओभरको पहिलो ३ बलमा ३ विकेट लिनुका बाबजुद इंग्ल्याण्ड खेलमा फर्कन भने असमर्थ रह्यो।
कप्तान रोभमान पावेल २३ बलमा ३८ रन प्रहार गर्नुभयो भने स्टेफन रुथरफोर्डले १७ बलमा २९ रन बनाउनुभयो ।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५ विकेटको क्षतिमा २१८ रन जोडेको थियो। फिल साल्टले ३५ बलमा ५५ रन बनाए। उहाँको पारीमा ५ चौका ४ छक्का समावेश थियो। ज्याकोब बेथेल अविजित रहँदै ३२ बलमा ६२ रन जोडे। होप सो खेलको म्यान अफ द म्याच बन्नुभयो । ५ खेलको शृङ्खला यसअघि तेस्रो खेलको समाप्तिमा नै इंग्ल्याण्डले जितिसकेको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।