काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आउँदा सबै समूहको उपसूचक नकारात्मक देखिएका छन् । यसदिन नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ७.७४ अंकले घटेर ४७८.१६ विन्दुमा अडिएको छ ।
यसदिन ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५२१ रुपैयाँको कारोबार भयो । उच्च अंकले घटेको बजारमा एउटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो ।
यसदिन नगदी ग्रुपका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । सो कम्पनीको सेयर ८.९३ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा नगदी ग्रुप पावर शीर्षस्थानमा रह्यो । सो कम्पनीले ४६ करोड ६८ लाख मूल्य बराबरको कारोबार गर्यो ।
यसैगरी समृद्धि फाइनान्सले २९ करोडको सेयर कारोबार गर्दा पोखरा फाइनान्सले २४ करोड, पिपुल्स हाइड्रोपावर र सिंगटी हाइड्रोपावरले २३÷२३ करोडको सेयर कारोबार गरे ।
यसदिन कारोबारमा आएकामध्ये २० कम्पनीको मूल्य बढ्दा २२४ वटाको घट्यो । १ कम्पनीको मूल्य भने स्थिर रह्यो । नेप्से उच्च अंकले घट्दा सबै समूहको उपसूचक नकारात्मक देखिएका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।