एजेन्सी । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनुभएका डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रीमन्डललाई पूर्णता दिनुभएको छ ।
ब्रूक रोलिन्सलाई उहाँले कृषि मन्त्रीमा नियुक्त गर्नुभएको बीबीसले जनाएको छ । कृषि मन्त्रालयको जिम्मेवारी दिन उहाँले बौद्धिक समूह अमेरिका ‘फर्ष्ट पोसिली इन्ष्टिच्युट’की प्रमुखलाई रोज्नुभएको हो ।
विज्ञप्तिमा ट्रम्पले अमेरिकी किसानलाई जोगाउने प्रयासको कमान्ड ब्रूकले लिने विश्वास व्यक्त गर्नुभएको छ । योसँगै ट्रम्पको मन्त्रिमण्डल पूरा भएको छ ।
ब्रुकले अफिस फर अमेरिकन इनोभेशनको निर्देशक र डोमेष्टिक पोसिली काउन्सिलमा कार्यकारी निर्देशकको रूपमा समेत काम गर्नुभएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।