काठमाडौँ-सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंसिर ११ गते काठमाडौँ ल्याइने भएको छ। सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो।
रविको सचिवालयका अनुसार उनलाई काठमाडौँ ल्याउन बुद्ध एयरको मंसिर ११ गते बिहान साढे आठ बजेको टिकट बुकिङ समेत गरिएको छ।
कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अनुसन्धानका लागि उनको बयान लिइनेछ। बयान गराएर फेरि पोखरामै फर्काइने छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ पक्राउ परेका थिए।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।