काठमाडौँ ,२०८१ मङ्सिर १६ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा लास पलमाससँग बार्सिलोना पराजित भएको हो ।
लस पलमासको जितमा सान्द्रो रामिरेज र फाबियो सिल्भाले एक एक गोल गरेका थिए भने बार्सिलोनाका लागि एक गोल राफिन्हाले गरेका थिए ।
यो बार्सिलोनाको यस सिजनको ला लिगामा तेस्रो हार हो । बार्सिलोनाको १५ खेलमा ३४ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै लस पलमासको यो जितपछि १५ खेलमा १५ अंक भएको छ र लिगमा १४औं स्थानमा रहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
