काठमाडौं । शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातका कारण निधन भएको छ ।
जोरपाटीस्थित बेसी गाउँमा बस्दै आएकी उहाँलाई आज बिहान हृदयघात भएपछि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याइएको थियो ।
तर, त्यहीँ उहाँलाई चिकित्सकले मृत घोषणा गरेको मानव बेचबिखनबाट प्रभावित महिलाहरुको पक्षमा काम गर्दै आएकी चरिमाया तामाङले जानकारी दिनुभयो । मानव बेचबिखन विरुद्धकी अभियन्ता उनी सुनिता फाउन्डेसनको संस्थापक समेत हुन् ।





