काठमाडौं । सर्लाहीमा बसले थिचेर एक प्रहरी निरीक्षकको मृत्यु भएको छ । बलरा नगरपालिका–९ छतौना बोर्डर आउट पोष्ट बीओपीमा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि गएराति बाग्मती प्रदेश ०१–००६ ख २००४ नम्बरको बस बजारिँएको थियो ।
घाइते भएका तुलाधरको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो । प्रहरीले घटनास्थलबाट बस चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
