काठमाण्डाै – सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव एवम् मोरङका एमाले नेता अनिलकुमार पोखरेल पक्राउ परेका छन् ।
पोखरेललाई बिहान विराटनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पोखरेलविरुद्ध मोरङ जिल्ला अदालतले गएको सोमवार पक्राउ पुर्जी जारी गरेको थियो ।
पोखरेलले एमबीबीएस पढाउन नाम निकालिदिने भन्दै झन्डै ३० लाख ८० हजार रुपैयाँ असूल गरेको आरोप छ । पैसा लिएको घटना सार्वजनिक भएपछि सभापति पोखरेलले स्वकीय सचिवबाट हटाउनुभएको थियो ।
अनिलकुमारले आफ्नो पहुँच भएको भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ बकधुवा बस्ने बौआलाल चौधरीकी छोरीलाई एमबीबीएस डाक्टर पढाइदिने आश्वासन दिएको आरोप छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।