काठमाडौं, माघ ११ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
आरम्भ चौतारी लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश भने नदिने भएको छ । यसर्थ, यसपटक पनि कम्पनीका सेयरधनीको हात खाली हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा, बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजे सुरु हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
