काठमाडौं, १२ बैशाख । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आजवाट सुरू हुदैँछ ।
प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा हुन गइरहेको सो भेलालाइ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन सम्बोधन गर्नेछन् ।
शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवीनतामा आधारित योजनाहरूलाई अगाडी सार्दै युवालाई नीति निर्माणमा सहभागिता गराउने उद्देश्यले भेला आयोजना गरेको युवा सङ्घका महासचिव सुमन पुरीले जानकारी दिएका छन ।
सो भेलामा १ हजार १ सय भन्दा बढी प्रतिनिधिले सहभागीता जनाउँदैछन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
