काठमाडौं, ५ बैशाख । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ मा नेपालले बिजय हासिल गरेको छ ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानलाइ १–० को जीत निकालेको हो ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई १–० ले पराजित गर्यो ।
मिडफिल्डर विमला चौधरीले पहिलो हाफको १० औं मिनेटमा गरेको एकमात्र गोल अन्ततः आजको खेलमा निर्णायक बन्न पुगेको हो ।
जीत सँगै ४ देश सम्मिलित प्रतियोगितामा नेपालले तीन अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । आजको पहिलो खेलमा लेबनानलाई ३–१ ले पराजित गरेको म्यानमार शीर्ष स्थानमा रहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
