काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सभापति बनाए हुने टिप्पणी गर्नुभएको छ ।
कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले राप्रपालाई सुझाव दिँदै भन्नुभयो, ‘उनी संवैधानिक राजा हुन लायक मान्छे होइनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछुताउँछ । बरु राप्रपाले पार्टीको सभापति बनाए हुन्छ ।’
पछिल्लो समय राप्रपाले हिन्दूराष्ट्र र राजतन्त्र स्थापनाका लागि भन्दै प्रदर्शन गरिरहेको छ । यही सन्दर्भमा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पार्टी राजनीतिमा आउन सुझाव दिनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
