काठमाडौं – नेपाल प्रहरीको रुपन्देहीस्थित प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत् प्रहरी नायब निरीक्षक (सई)पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयको टोलीले (सई) खिमबहादुर खड्कालाई ३० हजार घुस रकमसहित बिहीबार पक्राउ गरेको हो।
सई खड्काले दुर्गौलिया नाका हुँदै भन्सार छलीको सामान ल्याउन सहजीकरण गरिदिने भन्दै घुस मागेको सूचना पाएपछि अख्तियारको टोली परिचालन भएको थियो।
टोलीले खड्कालाई ३० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा मायादेवी गाउँपालिका-६ बाट पक्राउ गरेको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।
खड्कालाई अख्तियारले न्यायिक हिरासतमा राखेर अनुसन्धान थालेको पौडेलले बताए।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
