काठमाण्डौं, २८ चैत । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको अनुरोधमा उनी भारतको आसाम राज्यबाट पक्राउ परेका हुन् ।आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बुझिएको छ।गत चैत १५ गतेको आन्दोलनपछि उनी वेपत्ता भएका थिए। तर उनले पटक/पटक आफू सुरक्षित रहेको र आफ्नो ज्यान खतरामा रहेको भन्दै भिडियो सन्देशहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
उनले बुधबार मात्र भिडियो सन्देश जारी गर्दै आफ्नो ज्यान खतरामा रहेको भन्दै मानवअधिकारीवादी, कानून व्यवसायी तथा पत्रकारहरूको रोहवरमा २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका थिए।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
