कैलाली, ३१ चैत । धनगढी उपमहानगरपालिका–३ भाटभटेनीबाट १३ जुवाडे पक्राउ परेका छन ।
प्रहरीका अनुसार ४० वर्षीय खडक कुँवरले संचालन गरेको सुदुरपश्चिम रेष्टुरेण्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कुँवर समेत १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
