काठमाडौं – नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले सञ्चारिका समूहको निर्वाचनमा उम्मेदवार बनेको भन्दै चार सदस्यमाथि कारबाही गरेको छ ।
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव लोग्शरी कुँवरसहित पूर्वकेन्द्रीय सदस्य पवित्रा सुनार केन्द्रीय सदस्य तारा चापागाईं र निर्वाचन आयोगका सदस्य दीपा रेग्मीलाई संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरिएको महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
