काठमाडौँ, १९ वैशाख : प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइने आद्य शङ्कराचार्य जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान दिनुभएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न मठ, पीठ एवं गुरूकुलमा आद्य शङ्कराचार्यले पुर्याउनुभएको योगदानका विषयमा चर्चा गरी मनाइँदै छ । दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरू र माता विशिष्टादेवीको गर्भबाट आद्य शङ्कराचार्यको जन्म भएको हो ।
उहाँले स्थापना गर्नुभएका चार मठमा श्रृङ््गेरी, गोवर्द्धन, शारदा र ज्योतिर्मठ छन् । यी मठले क्रमशः यजुर्वेद, ऋग्वेद, सामवेद र अथर्ववेदको प्रतिनिधित्व गर्छन् । प्राचीनकालमा सबैतिर फैलिएको वैदिक सनातन धर्म लुप्तप्रायः बनेको थियो ।
आद्य शङ्कराचार्यले पुनःस्थापना गर्नुभएकैले आजको स्वरूपमा आइपुगेकाले उहाँको योगदानको चर्चा गरी प्रत्येक वर्ष जन्मजयन्ती मनाइन्छ । यस अवसरमा प्रत्येक वर्ष पशुपतिस्थित शङ्कराचार्य मठमा पनि कार्यक्रम गर्ने गरिएको छ । यसैगरी देशभरका मठ, पीठ र गुरूकुलमा पनि उहाँले पुर्याउनुभएको योगदानका विषयमा चर्चा गरिने जनाइएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
