काठमाडौं , ३१ बैशाख २०८२। काठमाडौंको बागबजारमा युवती हत्या अभियोगमा धादिङ घर भएका पूर्व सैनिक पक्राउ परेका छन् ।
युवती हत्या अभियोगमा धादिङको गल्छी गाउँपालिका घर भई काभ्रेस्थली बस्ने पूर्व सैनिक ४० वर्षीय रामचन्द्र पन्त पक्राउ परेका हुन् । गत चैत २९ गते नुवाकोटको सूर्यगढी नगरपालिका–१ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–२ बस्ने २८ वर्षीया विमला तमाङ बागबजारस्थित गेष्ट हाउसमा मृत भेटिएका थिए । पन्त तमाङको हत्या गरेर फरार भएका थिए ।
पूर्व सैनिक पन्त भारतमा लुकिछिपी बस्दै आएका उनलाई हिजो भारतबाट नेपाल फर्किदै गरेको अवस्थामा नागढुंगाबाट प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहोराले जानकारी दिनुभयो । घटना घटेको एक महिनापछि पन्तलाई पक्राउ गरिएको हो ।
उनीहरु विवाहेत्तरी सम्बन्धमा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मृतक तमाङको हत्या भएको ११ दिनपछि सडेगलेको अवस्थामा शव फेला पारेको थियो । घटनाबारे प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।